सर्वोच्च अदालत नेपाल

:: सर्वोच्च अदालतलगायत जुनसुकै अदालत तथा न्यायिक निकायमा आफ्नो काम कारवाहीसँग सम्बन्धित कुनै गुनासो, पीरमर्का, अनियमितता, ढिलासुस्ती जस्ता विषयमा सम्बन्धित सेवाग्राही एवम् न्यायका उपभोक्ताहरुले सीधै आफ्नो मौखिक गुनासो, उजुरी, शिकायत र सुझाव दिन टोल फ्रि नम्बर १६६०-०१-३३३-५५ र इमेल ठेगाना cjs@supremecourt.gov.np मा सम्पर्क गर्नुहोस् ।

न्यायिक समाचार

काठमाडौं, १७ फागुन

 

सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठद्वारा सर्वोच्च अदालत एनेक्स भवनको शिलान्यास

supreme news

सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठले आज सर्वोच्च अदालत मूल भवन पछाडि सिंहदरबार हाता भित्रको सर्वोच्च अदालतको जग्गामा स्टिल संरचनामा तयार गरिने सर्वोच्च अदालत एनेक्स भवनको शिलान्यास गर्नुभयो। भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठले सर्वोच्च अदालतको मूल भवन भूकम्पबाट क्षतिग्रस्त भै प्रवलिकरणको कार्य भैरहेको भएतापनि सो भवनबाट मात्र सर्वोच्च अदालतको वढदो कार्यबोझ थेग्न सकिने अवस्था नरहेको र सर्वोच्च अदालतको नयाँ भवन निर्माण हुन केही बर्ष लाग्न सक्ने भएकाले सर्वोच्च अदालतको मध्यावधि आवश्यक्ता पुर्ती गर्न यो भवन निर्माण गर्नु परेको बताउनुभयो ।सो अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले नयाँ भवन निर्माणबाट सर्वोच्च अदालतको कार्य सम्पादनमा सहजता आउनाका साथै यसबाट सेवाग्राही, कानून व्यवसायी तथा न्यायाधीश एवं कर्मचारीहरु वाञ्छित रुपमा लाभान्वित हुन सक्ने अपेक्षा गर्नु भएको थियो।

supreme news

supreme news

यसैगरी उक्त कार्यक्रमलाई संबोधन गर्दै सर्वोच्च अदालतका रजिष्ट्रार श्री श्रीकान्त पौडेलले नयाँ भवन भूकम्प प्रतिरोधी प्रविधिको हुने बताउनुभयो। सो अवसरमा रजिष्ट्रार पौडेलले यो अस्थायी प्रकृतिको नभई लामो समयसम्म काम गर्न सकिने प्रकृतिको भवन भएको र यो भवन निर्माणवाट सर्वोच्च अदालतको नयाँ भवन निर्माणस्थलमा असर नपर्ने वताउनुभएको थियो।

supreme news

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश तथा कर्मचारीहरु, उपत्यकास्थित अन्य अदालतका न्यायाधीशहरु, राष्ट्रिय न्यायिक प्रतिषठानका कार्यकारी निर्देशक, न्याय परिषदका सचिव तथा नेपाल वार एसोसिएसनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपाल सरकारवाट सिंहदरबार हाताभित्रको कि. न. ३२३४ र ३२३७ को १५२६२.२८ वर्ग मिटर जग्गा सर्वोच्च अदालतलाई प्रदान गर्ने गरी मिति २०७१।०१।२५ मा निर्णय भएको हो । प्रस्तवित एनेक्स भवन निर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभागले ९,२६,९३,६८१ को लागत स्विकृत गरेकोमा एक वर्ष अवधिभित्र निर्माण सम्पन्न गर्ने गौरी पार्वती निर्माण सेवा प्रा लि संग रु ७,७९,३९,४८९ मा ठेक्का सम्झौता भएको छ।